फ्रान्सको क्याथोलिक चर्चमा २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार

64
  •  
  •  
  •  

एजेन्सी । फ्रान्सको क्याथोलिक चर्चमा २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहारमा परेका छन् । यौनहिंसाका पीडितहरुले कारवाहीको माग गरेका छन। चर्चमा भएको यौनहिंसाका घटना सम्बन्धमा भएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपछि पीडितहरुले कारवाहीको माग गरेका हुन्।

अध्ययन प्रतिवेदनअनुसार सन् १९५० यता फ्रान्सेली क्याथोलिक चर्चका पादरीहरुले दुई लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेका छन्। यौन हिंसामा पर्नेमा अधिकांश बालक रहेको प्रतिवेदनमा उल्लेख छ।

चर्चमा यौनहिंसा भएको थाहा पाउँदा निकै पीडा भएको पोप फ्रान्सिसले वक्तव्यमार्फत उल्लेख गरेका छन्।

यौनहिंसाका पीडितहरुले कारवाही तथा क्षतिपूर्तिको माग गरेका छन्। प्रभावितहरुको संस्था फ्रिड स्पीचले कारवाही तथा क्षतिपूर्तिको माग गरेको हो। चर्चहरुबाट स्पष्ट तथा ठोस प्रतिक्रिया आउनुपर्ने प्रभावितहरुको माग छ।


  •  
  •  
  •