एपिएफका दुवै जोडी फाईनल प्रवेश

181
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख(ओएनएस) : आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाल एपिएफका दुवै जोडी फाईनल प्रवेश गरेका छन् । एपिएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाईनल प्रवेश गर्न सफल भएको हो ।

श्रेष्ठ र धामीको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६–२१, २१–९ र २१–११ ले तथा गुरुङ र कठायतको जोडीले सेनाकै अनुमाया राई र रत्नजित तामाङको जोडी माथि १०–२१, २१–१९, २१–१७ को जीत हात पारेका हुन् ।

यस्तै पुरुष एकल तर्फ पुरानै प्रतिद्वन्दिकाबीच उपाधीका लागि भिड्ने भएका छन् । सेनाका रत्नजित तामाङले टिम प्रतिस्पर्धाको पुरुष एकलमा भएको लज्जास्पद हारको बदला लिंदै सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई २१–११, २१–९ को सहज जीत निकाल्दै आफ्नो उपाधी जोगाउने क्रममा चिरपरिचित प्रतिद्वन्दि एपिएफका दिपेश धामीसंग प्रतिस्पर्धा गर्ने भएका हुन् ।

टिम प्रतिस्पर्धाको पुरुष एकलमा प्रिन्सले रत्नलाई माथ दिएका थिए । दिपेशले प्रदेश एक का पूर्व नम्बर १ खेलाडी विकास श्रेष्ठलाई २१–११, २१–१५ ले पाखा लगाएका थिए ।
दाङको घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको फाईनलमा सेनाका दुवै खेलाडी नंखशल देवी तामाङ र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन् ।


  •  
  •  
  •