क्यामेरालाई बन्दुक सम्झिएर फेरी अर्की बालिकाले आत्मसमर्पण गरिन्

185
  •  
  •  
  •  

syria-conflict-and-childकाठमाडौ, २१ चैत(एजेन्सी) : गत केही वर्षदेखी सीरियामा जारी गृहयुद्ध र केही समयदेखी आतंकी संगठन आईएसको बढ्दै गएको प्रभावका कारण सीरिया तनावमय भएको छ । सीरियाको उक्त गृहयुद्ध र आतंकी संगठन आईएसको आतंकको शिकार विषेशगरी बालबालिका भएका छन् । उनीहरूको जीवन यतिसम्म भयानक भएको छ की क्यामेरालाई देख्दा पनि हात माथी उठाएर सरेण्डर गर्ने गरेका छन् । केही दिनअघि मात्र एक ४ वर्षीय बालिकाले क्यामेरा देख्दा हात माथी उठाएर आत्मसमर्पण गरेको तस्विर निकै भाइरल भएको थियो जुन तस्विरले अहिले पनि धेरैको ध्यान तान्न सफल भएको छ ।

यस्तैमा अर्की एक ४ वर्षीय बालिकाले क्यामेरालाई पनि बन्दुक सम्झेर हात उठाएर आत्मसमर्पण गरेकी छिन् । सीरियामा कार्यरत जर्मनी रेड क्रसका कार्यकर्ताले शरणार्थी क्याम्पमा रहेकी ४ वर्षीया एक बालिकाको तस्वीर सेयर गरेका छन्, जुन तस्विर पहिलेको तस्विरभन्दा खासै फरक छैन् अर्थात् ती बालिकाले पनि उसैगरी आत्मसमर्पण गरेकी छिन् ।

syria-conflict-and-child1जर्मन रेडक्रसका कार्यकर्ता रेने स्कल्टहाफले नोभेम्बरमा यो तस्वीर खिचिएको थियो । उनले भने, ‘मैले जब क्यामरा क्लिक गरे, बालिका डराईन् । उनको आँखामा डर देखिएको थियो । बालिकाले क्यामरालाई बन्दुक सम्झेर डराउँदै आफ्नो हात माथी उठाएकी थिइन् । जसरी आत्मसमर्पणका लागि हात माथि उठाइन्छ ।

रेनेले डेली मेलसँग भनेका छन्, ‘बालिकाको हाउभाउ देखेर मेरो आखाँमा पनि आशुँ आयो ।’ रेनेले भने, ‘शरणार्थी शिविरमा बालबालिकाहरू डरको छत्रछायाँमा रहेर बढिरहेका छन् । उनको आँखामा अनौठो उदासी र दुःख लुकेको छ ।’

युनाइटेड नेशन्स शरणार्थी शिविर एजेन्सीका अनुसार अजरक शरणार्थी शिविरमा बस्दै आएकी ती बालिका ती १७ हजार मानिसमध्येकी हुन् जो सीरियामा विगत ४ वर्षदेखी जारी रहेको हिंसाबाट बच्नका लागि यहाँ शरण लिएका छन् । शिविरमा बस्दै आएकी ८३ वर्षीया फातिमा बक्कर क्यामेराको अगाडि रोएकी थिइन् । फातिमा हिंसाबाट त बचिन् तर, उनले आफ्नो दुवै खुट्टा गुमाएकी थिइन् ।


  •  
  •  
  •