सर्वपक्षीय सम्मेलन वैद्यको शर्त

100
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (ओएनएस) : प्रमुख तीन दल र संविधानसभा बहिस्कार गरेको नेकपा–माओवादीबीच सोमबार भएको वार्ता सकारात्मक रहेको नेताहरले बताएका छन् । सरकारको पहलमा भएको ४ दलको सामुहिक छलफलमा संविधानसभा बाहिर रहेका दलहरुलाई संविधान निर्माण प्रक्रियामा समावेश कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ ।

सो बैठकमा माओवादी अध्यक्ष मोहन वैदले संविधान निर्माणमा आफ्नो दल सकारात्कम रहेको जनाउ दिएको बताइएको छ । तर, उनले त्यसअघि सर्वपक्षीय सम्मेलन गर्नुपर्ने शर्त राखेका छन् । प्रमुख दलहररु कांग्रेस, एमाले र एमाओवादी वैद्यको यो माग प्रति सकारात्मक रहेको बताइएको छ । तर, त्यस्तो सम्मेलनको ‘मोडालिटि’ बारे छलफल हुन बाँकी रहेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । प्रधानमन्त्री सुशील कोइराला भारत जानुअघि नै वैद्यसँग छलफल गर्ने निर्णय भएको थियो । तर, भारतपछि प्रधानमन्त्री कोइराला चीन जानुपरेपछि केही समयढिला गरी यी दलहरुबीच वार्ता भएको हो ।

संविधानसभाको दोस्रो निर्वाचन बहिस्कार गरेको माओवादीसँग सँयुक्तरुपमा सोमबार पहिलाृ पटक वार्ता भएको हो । फेरि समय मिलाएर वार्ता गर्नेसमेत सहिति भएको जनाइएको छ ।


  •  
  •  
  •