महागुट, गुट र उपगुटमा टिम मिलाउने चटारो

434
  •  
  •  
  •  

nepali-congress-flag--554x400काठमाडौँ, १७ फागुन(ओएनएस) : नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा यसपटक गुटगत प्रतिस्पर्धा मात्रै होइन, उपगुटको पनि प्रतिस्पर्धा हुने भएको छ । सभापतिका आकांक्षी नै करिब आधा दर्जन नेता मैदानमा देखिएपछि गुटको संख्या पनि त्यसैअनुसार विस्तार भएको छ । महाधिवेशन नजिकिँदै गर्दा काठमाडौँमा टोलैपिच्छे कार्यालय खोल्ने र समुहगत प्यानल बनाउने प्रतिस्पर्धा नै चलेको छ ।

आगामी नेतृत्वका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले घोषित प्यानल बनाएका छन् । कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, सुजाता कोइरालाको अघोषित प्यानल पनि घोषित बन्ने चरणमा छ । आजै संस्थापन र देउवा दुवै पक्षले गुटगत प्यानल घोषणा गर्ने तयारी गरे पनि संस्थापनमा सभापतिका आकांक्षी धेरै देखिएकाले समस्या भएको छ । देउवा पक्षले आज प्यानल घोषणा गर्दैछ । दुईटै पक्षले आज छुट्टा–छुट्टै बैठक राखेका छन् ।

देउवा पक्षका नेताsher bahadur nadeuba_20140728062744
देउवा समूहले महामन्त्रीमा अर्जुननरसिंह केसीलाई अघि बढाउने भएको छ । कोषाध्यक्षमा चित्रलेखा यादव, पुष्पा भुसाल या लक्ष्मण घिमिरेमध्येबाट उम्मेदवार तय गरिन लागेको स्रोतले बतायो । केन्द्रीय सदस्य खुमबहादुर खड्काले भुसाललाई कोषाध्यक्षको उम्मेदवार बनाउन दबाब दिएका छन् । घिमिरेलाई कोषाध्यक्ष बनाउनुपर्ने पक्षमा कुलबहादुर गुरुङ र गोविन्दराज जोशीको समूह छ । जोशीलगायतका नेताले घिमिरेलाई कोषाध्यक्ष बनाएमा पार्टीभित्रको विभाजन मेट्न समेत सहज हुने तर्क गर्दै आएका छन् ।

संस्थापन पक्षमा तीन प्यानल
ramchandra-paudelसस्थापन पक्षमा प्यानल मिलाउन समस्या देखिएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौलालाई संसदीय दलको नेता, सुजाता कोइरालालाई उपसभापति र उपप्रधानमन्त्री दिने गरी मिलाउने प्रयासमा छन् । आफूले चुनाव जितेको अवस्थामा उपसभापतिमा प्रकाशमान सिंहलाई राखेर महामन्त्रीमा सशांक र कोषाध्यक्षमा पद्मनारायण चौधरी या फरमुल्लाह मन्सुरमध्ये एकजनालाई ल्याउने गरी टिम बनाउने पौडेलको तयारी छ । पौडेलले पार्टी र सरकारमा ठाउँ दिएर व्यवस्थापन गर्ने अन्तिम विकल्पका रुपमा पौडेलले आफूसँग भएका सबैजसो ‘कार्ड’ देखाइसकेका छन् । तर, सिटौला र कोइरालाले उनको प्रस्ताव स्वीकार गरेका छैनन् ।

सिटौला पनि टिम बनाउँदैKrishna-sitaula
महामन्त्री कृष्णप्रसाद सिटौला पनि टिम बनाउने कसरतमा लागेका छन् । सिटौलाले आफ्नो टिमबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई तयार पारेका छन् । गिरिजाप्रसाद कोइरालाको वैचारिक उत्तराधिकारीको रुपमा सुशील कोइराला रहेका र सुशीलपछिको उत्तराधिकारी आफै रहेको उनको तर्क छ । देउवा पक्षको तुलनामा संस्थापन पक्षको मत बढी भएकाले तीनजना उम्मेदवार बन्दा पनि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याउने अनुमान सिंह र सिटौला पक्षधरको छ ।

सुजाता sujata koiralaखोजीमा
कांग्रेस नेतृ सुजाताले आफूले सभापतिमा उम्मेदवारी दिने बताएकी छन् । पौडेलले महामन्त्रीमा कोइराला परिवारबाट शशांकलाई अघि सार्ने सम्भावना बढेपछि असन्तुष्ट भएकी सुजाताले सभापतिमा उठ्ने बताएकी हुन् ।उनी नयाँ टिमको खोजीमा छन् । महिला र जनजातिलाई टिममा पार्ने उनको तयारी छ ।

महामन्त्रीGagan Thapaमा रोचक भिडन्तarjun-narsingh-KC
यसपटकको महाधिवेशनमा सबैभन्दा रोचक महामन्त्रीको प्रतिस्पर्धा बन्ने भएको छ । देउवा प्यानलबाट अर्जुननरसिंह केसी र संस्थापन वा सिटौला प्यानलबाट गगन थापले महामन्त्रीमा उम्मेदवारी दिने तयारी छ । केसी र थापा ससुरा–ज्वाइँ हुन् । केसीले थापाको आधिकारिक प्यानल नभएकाले आफूले छोड्न नसक्ने बताएका छन् । थापा पनि युवालाई नेतृत्वमा ल्याउनुपर्ने दावी गर्दै महामन्त्रीबाट पछि नहट्ने अडानमा छन् ।


  •  
  •  
  •