एकैपटक चार बच्चाको जन्म

237
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) :  सर्लाही सदरमुकाम मलङ्गवा स्थित जिल्ला अस्पतालमा एक महिलाले एकैपटक चारवटा बच्चा जन्माएकी छिन् । सर्लाहीको कौडेना गाविस–७ निवासी इजुल खानकी २५ वर्षीया छोरी रविना खातुनले एकैपटक चारवटा बच्चा जन्माएकी हुन् । प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याइएकी खातुनले दुई छोरा र दुई छोरी जन्माएकी जिल्ला अस्पतालका चिकित्सक प्रह्लाद अधिकारीले बताउनुभयो ।

गएराति ७ बजेर २० मिनेटमा रविनाले चारवटा बच्चालाई एकसाथ जन्म दिएकी थिइन् । छ महिनामा जन्मिएका हुनाले बच्चाको अवस्था पूर्णरुपमा विकसित थिएन । राति नै तीनवटा बच्चाको मृत्यु भइसकेको छ । सुरुमा जन्मिएकी एक छोरी भने जीवितै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा अधिकारीले बताउनुभयो ।


  •  
  •  
  •