काठमाडौं १२ कात्तिक (ओएनएस) तईका जिल्लामा मनाई छठ पर्वले पछिल्लो समय राष्ट्रिय पर्वको रुप धारण गरेको छ । छठ पर्वको असवरमा राजधानी काठमाडौंका नदी, ताल र पोखरीसमेत दुहलीझैं सिंगारिएका छन् । राजधानीको रानीपोखरी, कमलपोखरीलगायतका स्थानमा ब्रतालुको भीड लागेको थियो । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसमेतले राजधानीमा आयोजित छठ पूजामा सहभागिता जनाए । काठमाडौंको गौरीघाटमा पनि भक्तालुहरु खचाखच भरिएका थिए । केही वर्षयता छठका लागि रानीपोखरी खुल्ला गर्न थालिएपछि वर्षैपच्छिे यहाँ भक्तालुहरुको भीड बढ्न थालेको हो ।
दसैं तिहारजस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ । दुई दिन देखि सुरु भएको छठअन्तर्गत आज साँझ अस्ताउँदै सूर्यलाई अर्घ दिने गरिन्छ । आज साँझपख जलासय, नदीमा नुहाएर अस्ताउन लागेको सूर्यको विशेष पुजा गर्ने प्रचलन छ ।
विहीबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने चलन छ । छठ माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ ।