विमलमाथि फिफाको नजर

169
  •  
  •  
  •  

काठमाडौं, ८ असोज । खेल सकिन केही मिनेटमात्र बाँकी थियो । नेपाललाई ०–१ ले पछि पार्दै पाकिस्तान एकदमै जनिक पुगिसकेको थियो । घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुबेका थिए । अन्तिम सेकेण्ड यस्तो आँधी आएजस्तो भयो, जसले खेलको रुपरेखा नै फेरिदियो । बैकल्कि खेडालीका रुपमा भित्रिएका जर्सी नम्बर २५ का एक युवा खेलाडीे घिटिघिटिको अवस्थामा गोल ठोकिदिएर नेपाली टोलीको प्राण जोगाइ दिए । पराजयको हतासले सामसेम भइसकेका दर्शकमा अकस्मात सास भरियो ।

गोल गरेर खेल बराबरीमा ल्याएका ती युवा खेलाडी जर्सी फुकालेर नांगो ज्यान देखाँउदै मैदानमा कुदे । दर्शकदीर्घा उनको नाम लिएर चिच्याउन थाल्यो ।
‘विमल…विमल…विमल’ एक मिनेट अघिसम्म फुटबल जगतमा विरलै चिनिएका विमल घर्तीमगर आफ्नो त्यही बराबरी गोलबाट एकाएक युवा स्टारका रुपमा उदाए । र नेपालाई साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुर्याए । त्यसयता नेपाल फुटबलमा नयाँनयाँ कीर्तिमान बनाउँदै ‘युवा खेलाडी वर्ष’ बाट सम्मानित विमलको चर्चा युरोपेली क्लब ‘एक्डरलेक’ को युवा टोलीमा अनुवन्धित भएपछि झनै चुलियो ।
नागरिक दैनिकबाट


  •  
  •  
  •