फोरम नेपालको केन्द्रीय प्रचार विभाग गठन

144
  •  
  •  
  •  

काठमाडौं २७, असार (ओएनएस) मधेशी जनअधिकार फोरम नेपालले सूचना सञ्चार तथा प्रचार प्रसार विभाग गठन गरेको छ ।

विभागको प्रमुखमा केन्द्रीय सदस्य अर्जुन थापा, उपप्रमुखमा केन्द्रीय सदस्य गुलाम सरवर शेष र सदस्यहरुमा मनिश कुमार, अशोक यादव, विनोदकुमार विश्वकर्मा लगायत सात सदस्यीय प्रचार विभाग गठन गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी र सञ्चारमाध्यमको सम्बन्ध सुमधुर बनाउन, पार्टीको गतिविधि सञ्चारमाध्यमसम्म सहज ढंगले पु¥याउन र पत्रपत्रिका प्रकाशन तथा प्रसारण गर्ने उद्देश्यले विभाग गठन गरेको जनाएको छ ।


  •  
  •  
  •