प्रहरीमाथी फोरम नेपालको गम्भिर आरोप

230
  •  
  •  
  •  

upendra-yadav_20110506084356काठमाडौ,  २२ चैत ‍(ओएनएस)  : रौतहटको सदरमुकाम गौरबाट सेवा कार्यालय विस्तार गर्ने सरकारी निर्णयविरद्ध आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि बर्बर दमन गरेको भन्दै मधेशी जनाधिकार फोरम नेपालले नेपाल प्रहरीमाथि गम्भिर आरोप लगाएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै प्रहरीले जनतामाथि गरेको बर्बर दमन र अत्याचारको भएको आरोप लगाउँदै घोर भत्र्सना गरेको छ ।

फोरम नेपालले निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘ सरकारले षडयन्त्रपूर्ण ढंगले बल प्रयोग गरी मधेशमा भय र आतंक सिर्जना गर्ने, मधेशका जिल्लाहरुमा अशान्ति फैलाउने, जनताको घरघरमा प्रवेश गरी महिला तथा बालबालिकालाई कुटपिट गर्ने, सेवा विस्तारका नाममा मधेशी जनतालाई पाइरहेको सरकारी सेवा सुविधा र अधिकारबाट बञ्चित गर्ने कुत्सित मनसायले प्रहरी प्रशासनले चालेको यस्ता घृणित कदम तत्काल हुनुपर्छ । ’

साथै फोरमले प्रहरीले स्थानीयको घरमा प्रहरी प्रवेश गरेर महिला तथा किशोरीलाई कुटपिट र दुव्र्यवहार गरेको पनि आरोप लगाएको छ भने प्रहरीले सदरमुकामका केही पसल घरमा लूटपाट गरेको बताउँदे विज्ञप्तिमा लेखिएको छ, ‘स्थानीयको घरघरमा पसेर महिला बालबालिकालाई कुटपिट र लूटपाटमा संलग्न प्रहरीलाई तत्काल निलम्बर गरी कारवाहीको दायरामा ल्याउन फोरम नेपाल सरकारसंग जोडदार माग गर्दछ । ’

सेवा केन्द्र विस्तारको निणर्य सरकारले फिर्ता लिएपनि अनपेक्षित रुपमा भएको आन्दोलन रोकिएको छैन । वार्ता विना निष्कर्षको टुङिगएपछि आज विहान १० बजे दखि फेरी वार्तामा बस्न लागिउको छ । आजको वार्तामा समस्या समाधान हुने भएकोले र आज विहानै देखि आन्दोलन शान्तिपूण भइरहेकोले कर्फ्यु हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउसो २ बजे देखि लगाएको कर्फ्यु आज विहान ४ बजेबाट हटाएको छ । सरकारले सदरमुकाम गौरमा रहेको सरकारी कार्यलयको सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना गर्ने गरेको निर्णय फिर्ता लिएपछि चन्द्रनिगाहपुरमा आन्दोलन भइरहेको हो ।


  •  
  •  
  •