काठमाडौं २३ पुस (ओएनएस) : मधेसी जनअधिकार फोरम, नेपालले विगतमा भएका सम्झौता तथा राज्य पुनःसंरचना आयोगको प्रतिवेदनको अधारमा संघीता नै आफ्नो बटमलाइत भएको जनाएको छ ।
बुधबार सकिएको राजनीतिक समितिको बैठकले सरकारसँग भएको २२ बुँदे सम्झौता, मधेशी मोर्चा–सरकारबीच भएको ८ बुँदै सम्झौता तथा राज्य पुनःसंरचना आयोगको प्रतिवेदन र अन्तरिम संविधानमा भएको संघीयता सम्बन्धि व्यवस्थालाई बटमलाइनको भएको निर्णय गरेको हो ।
साथै फोरमले ३० दलीय गठबन्धनको साझा प्रस्तावलाई सहमतिका आधारमा संविधान निर्माणका लागि वार्ता प्रक्रियामा अगाडि बढाउने निर्णय गरेको छ । उक्त प्रस्तावमा १० प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपति लगायतका छन् ।
फोरम नेपालले स्वशासन, प्रादेशिक स्वायत्ततासहितका अधिकार सम्पन्न प्रदेशहरुको निर्माण मुख्य रुपले सामथ्र्य र पहिचानका आधारमा हुनुपर्ने पक्षमा रहेको जनाएको छ ।