गच्छदारलाई झड्का, सह–अध्यक्षले नै दिए राजीनामा

189
  •  
  •  
  •  

bijaya kumar
काठमाडौं, २४ साउन (ओएनएस) : राजनीतिक उतारचढाव आइरहेका बेला फेरि उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष रामेश्वर यादवले नै पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टी नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका यादव आज पार्टी अध्यक्ष गच्छदारलाई भेटेरै राजीनामा पत्र बुझाएका हुन् ।

उनले नेतृत्वले पार्टीलाई एक्लौटी ढंगले चलाएको, नेता तथा कार्यकर्ताको उचित मल्यांकन हुन नसकेको, सत्तामुखी मात्रै भएको लगायतका आरोप लगाउँदै राजीनामा पेश गरेका छन् । उनले सम्पूर्ण जिम्मेवारीबाट बाहिर रहेर अब पार्टीको साधारण सदस्य मात्र रहने बताएका छन् ।


  •  
  •  
  •