वनमा एकै पटक १० सहसचिव

102
  •  
  •  
  •  

काठमाडौं १३ फागुन । वन मन्त्रालयमा एकै पटक १० जना सहसचिवमा बढुवा भएका छन् ।  जनरल फरेष्ट्री समुहबाट राधा वाग्ले, शिवकुमार वाग्ले, बाबुराम भण्डारी, गणेश झा, मनबहादुर खडा र कृष्णप्रसाद पोखरेल सहसचिवमा बढुवा भएका हुन् । राधा वन मन्त्रालयमा पहिलो महिला सहसचिव हुन् ।

वन अनुसन्धान समुहबाट यमप्रसाद पोखरेल, सोयल (भू संरक्षण) समुहबाट खुश्चेभ श्रेष्ठ र गेहेन्द्रकेशरी उपाध्याय तथा वनस्पति समुहबाट सञ्जिव राई सहसचिव भएका छन् । मन्त्रालयले उनीहरुलाई जिम्मेवारी दिइसकेको छैन ।

मन्त्रालयअन्तर्गत् अहिले मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालय हेटौंडा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा उपमहानिर्देशक, वन विभागअन्तर्गतको योजना महाशाखा, सामुदायिक वन महाशाखा र मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रमा सहसचिव रिक्त छन् ।

१४ डिएफओ सरुवा

वन मन्त्रालयले १४ डिएफओको काज सरुवा गरेको छ । काठमाडौंको डिफओमा मन्त्रालयको योजना महाशाखाका इन्द्रप्रसाद सापकोटालाई खटाइएको छ । काठमाडौंका डिएफओ अनुजराज शर्माले स्वास्थ्यको कारण देखाइ काम गर्न नसक्ने भन्दै विभागमा सरुवपा मागेपछि सापकोटालाई खटाईएको हो ।

बाबुराम भण्डारी सहसचिवमा बढुवा भएपछि रिक्त रौतहटको डिएफओमा विभागबाट विजय पौडेललाई पठाईएको छ भने विभागबाटै तीर्थराज जोशीलाई इलाम पठाइएको छ । इलामका डिएफओ सागर रिमाललाई मन्त्रालय ल्याईएको छ । रिमालले इलाम बस्न रुचाएका थिएनन् ।

विभागबाटै विशाल घिमिरेलाई गुल्मी र विन्दु मिश्रलाई बागलुङ खटाइएको छ । गुल्मीका राजेन्द्र न्यौपानेलाई मकवानपुर, बागलुङका डिएफओ सरोज पाण्डेलाई सिन्धुली र सिन्धुलीका जीवनकुमार ठाकुरलाई बाराको डिएफओ बनाईएको छ । बाराका श्रीप्रसाद बराललाई विभाग ल्याईएको छ । मकवानपुरका डिएफओ इमामुद्दिन अन्सारीले यसै साता अवकाश पाउँदैछन् ।

विभागबाट इश्वरी पौडेललाई डोटी खटाईएको छ भने डोटीका पुष्पराज बर्तौैलालाई बाँकेको डिएफओ बनाइएको छ । बाँकेका डिएफओ जयमंगलप्रसाद गुप्तालाई सूदूरपश्चिमाञ्चल तालिक केन्द्र धनगढी खटाइएको छ । शिवकुमार वाग्ले सहसचिव भएपछि रिक्त भएको कपिलवस्तु र गणेश झा सहसचिव भएपििशवकुमार वाग्ले सहसचिव भएपछि रिक्त भएको कपिलवस्तु र गणेश झा सहसचिव भएपछि रिक्त भएको चितवनमा कसैलाई जिम्मेवारी दिइएको छैन । कान्तिपुरबाट


  •  
  •  
  •