जथाभावी उत्खननले चुरे विनास : बनमन्त्री

250
  •  
  •  
  •  

चन्द्रकान्त खनाल
रुपन्देही, २३ जेठ (ओएनएस) : वन मन्त्री महेश आचार्यले आगामी दशकलाई वन दशकका रुपमा घोषणा गरी वन संरक्षणमा लागि पर्ने योजनामा सरकार जुटेको बताएका छन । बुटवलमा शुक्रबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले चुरे क्षेत्रको संरक्षणमा विशेष चासो दिइएको दाबी गरे । जथाभावी उत्खननले चुरे क्षेत्र संकटमा परेको तथ्य पनि उनले बताए ।

चुरे क्षेत्रको संरक्षणका लागि सरकारले नया“ कार्यक्रम वनाउन चाहेको उनले बताए । जसका लागि अनुगमन गर्ने नया“ संरचना, नया“ प्णालीमा आधारित कार्यक्रम, वनाउने सोचमा रहेको मन्त्री आचार्यले बताए ।

वन दशकमा वन क्षेत्रको दिगो विकास र संरक्षणका लागि लगातार अभियान चलाइने उनले उल्लेख गरे । यसमा वन मन्त्रालयको मात्र हैन सारा देशको ध्यानाकर्षण हुनु जरुरी रहेकोमा उनले जोड पनि दिए । वनबाट देशको गरिबी हटाउन पनि वन दशक फलदायक हुने विश्वास उनले ब्यक्त गरे ।

वन दशकमा एनजीओ तथा आइएनजिओलाई पनि लाग्न अनुरोध गर्ने उनले बताएउनले क्रसर उद्योगहरुलाई पनि ब्यवस्थीत गरिने बताए । जथाभावी उत्खननले राजमार्गका पुलहरु भत्किएका र भासिएका भन्दै उनले यस्तो अवस्थामा राष्ट्रको हित विपरित काम गर्न नहुने बताए । सुकुम्वासीका नाममा वन अतिक्रमण हुने कार्य रोकिनुपर्नेमा पनि उनले जोड दिए । बैज्ञानिक विधि अनुसार आवासको ब्यवस्था गर्नुपर्ने तर वनजंगल मासेर गर्न नहुने उनले बताए । संविधान निर्माणका क्रममा सहमतिका विषयको खोजीमा सरकार लागि पर्ने उनले बताए । संसद अवरुद्ध अस्वभाविक भएको समेत उनले बताए ।


  •  
  •  
  •