सार्क राष्ट्रको औद्योगिक लगानी करिव ५० अर्व

93
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं ७ भदौ (ओएनएस) : नेपालको औद्योगिक क्षेत्रमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रको लगानी रू ४९ अर्व ५८ करोड ४२ लाख पुगेको छ । हालसम्म सार्क राष्ट्रका १ सय ४० ओटा उद्योग दर्ता भएका छन् । सरकारले विदेशी लगानीलाई उच्च प्राथमिकता दिएपछि यस्ता उद्योग दर्ताको क्रम बढेको बताइएको छ । त्यसमा पनि सार्क राष्ट्रका उद्योगलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ ।khem

गत आर्थिक वर्षमा दक्षिण एशियाली राष्ट्रको ८ अर्व ५१ करोड १३ लाख रुपैयाँ बराबरको लगानी भएको थियो । यो अघिल्लो आवको तुलनामा .७ अर्व ६७ करोड १७ लाखले कम हो । अघिल्लो आवमा सार्क राष्ट्रको लगानी ८ अर्वको देखिन्छ । अन्य लगानी यसअघिका वर्षहरुकोसमेत जोडिएको हो । यस्ता उद्योगबाट ६८ हजार ८ सय जनाले रोजगारी पाएको उद्योग विभागको तथ्यांक छ ।
विभागका अनुसार नेपाली उद्योग क्षेत्रमा हालसम्म जम्मा १ खर्व १६ अर्व ३१ करोड रुपैयाँ विदेशी लगानी लगानी भएको छ ।

विशेषगरी सार्क राष्ट्रबाट उत्पादनमूलक उद्योगमा बढी लगानी भएको देखिन्छ । यस्ता उद्योगमा ४४ अर्व ८४ करोड ४७ रुपैयाँ बराबरको लाख बराबरको लगानी भएको छ । त्यस्तै सो अवधिमा ३ सय ४० ओटा उत्पादनमूलक उद्योग दर्ता भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै पर्यटन तथा सेवामा पनि आकर्षण रहेको देखिन्छ । सार्क राष्ट्रबाट सवैभन्दा बढी लगानी गर्नेमा भारत रहेको छ । नेपालमा भारतीय लगानीमा हालसम्म ५ सय ९४ ओटा उद्योग सञ्चालनमा छन् ।

गत आर्थिक वर्षमा सार्क राष्ट्रको लगानीमा ३१ ओटा ओटा उद्योग दर्ता भएका छन् । अघिल्लो आवमा ४७ ओटा उद्योग दर्ता भएका थिए । पछिल्लो समय सार्क राष्ट्रबाट कम लगानीका उद्योग मात्र दर्ता भएको विभागले जानकारी दिएको छ ।

हालै सार्वजनिक गरिएको बजेटमा विदेशी लगानीमा देखिएका कानुनी समस्यालाई संशोधन गर्ने प्रतिवद्वतासमेत व्यक्त गरेपछि विदेशी लगानीका उद्योग बढ्ने सम्भावना रहेको छ । विदेशी लगानीमा ठूला उद्योग स्थापना गर्ने प्रक्रिया सहज बनाइने प्रतिवद्वता व्यक्त गरिएको छ ।


  •  
  •  
  •