काठमाडौं, २५ कात्तिक (ओएनएस) : सत्तारुढ दलहरुले नेपालस्थित विदेशी कुटनीतिक नियोगसँग गर्ने भनिएको बैठक स्थगित भएको छ । नेपाली काँग्रेसले आन्तरित कारण देखाउँदै सहभागि नहुने बताएपछि बैठक स्थगित भएको एमाले नेता राजन भट्टराईले जानकारी दिए ।
बैठक भोलि बस्ने गरि स्थगित भएको हो । यसअघि सत्तारुढ दलले नेपालको राजनीतिक अवस्थाबारे कुटनीतिक नियोगलाई जानकारी गराउन लागेका थिए । प्रधानमन्त्रीलगायत सत्तारूढ दलका शीर्षस्थ नेताहरूले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई राजनीतिक अवस्थाबारे प्रस्ट पार्न सोल्टी होटलमा कार्यक्रम राखिएको थियो ।