कन्डम छाडेर खाने औषधि

893
  •  
  •  
  •  

काठमाडौं १५ मंसिर ।
कन्डम प्रयोग गर्न छाडेर गर्भनिरोधक औषधि खाने क्रम बढेपछि जिल्लामा एचआईभी संक्रमणको जोखिम बढेको छ। औषधिले गर्भ बस्न रोके पनि एचआईभी र यौनजन्य रोग सर्नबाट रोक्दैन। स्वास्थ्यका लागि खतरा र आर्थिक रूपमा खर्चिलो हुने गर्भनिरोधक औषधि सेवन निरुत्साहित गर्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन्।

अहिले गोरखामा एक सय ५३ एचआईभी संक्रमित छन्। औषधि सेवन गरेर गर्भ बस्न नदिने र कन्डमबिना यौनसम्पर्क रा दा यो सं या बढ्ने देखिन्छ। औषधि व्यवसायीका अनुसार अविवाहित किशोरकिशोरीले गर्भनिरोधक औषधि बढी किन्ने गरेका छन्। इकोन, आइपिल, अनवान्टेड, ई ७२, म्याक्स ७२, एमटीपी, प्रिग्नो, एमटिपिल्सलगायत गर्भनिरोधक औषधि किन्नेको संख्या ५० प्रतिशत बढेको औषधि व्यवसायीको भनाइ छ।

हरमटारीका औषधि व्यवसायी श्रवण जोशी भन्छन्, ‘कन्डम छाडेर औषधि किन्नेको संख्या ५० प्रतिशत बढेको छ। कहिले त इकोन किन्न एकाबिहानै ढोका ढक्ढक्याउन आउँछन्। विशेषगरी अविवाहित यस्तो औषधि किन्न आउँछन्।’

आफूले गर्भनिरोधक औषधिको सट्टा यौनसम्पर्क रा दा कन्डम प्रयोग गर्न सम्झाउने गरेको उनले बताए। कन्डमभन्दा औषधि किन्न र प्रयोग गर्न तथा फ्याँक्न सजिलो हुने भएकाले यसतर्फ आकर्षण बढेको उनी बताउँछन।

गोरखाबजारमा रहेका १० वटा औषधि पसलको तथ्यांकअनुसार दैनिक ८० जनाभन्दा बढीले गर्भनिरोधक औषधि किन्छन्। होटेल, पार्क, आर्मी ब्यारेकनजिकका औषधिपसलबाट यस्तो औषधि बढी बिक्री हुन्छ।

प्रवेशिका परीक्षा तथा क्याम्पसमा परीक्षा चलेका बेला सदरमुकाममा यस्ता औषधिको व्यापार बढ्ने गरेको औषधि व्यवसायीको अनुभव छ। गर्भनिरोधक भनेर सेवन गरिने औषधि व्यवस्था विभागमा दर्ता नभएका कतिपय औषधि पनि छन्।

खाने औषधि प्रयोग जोखिमपूर्ण हुनसक्ने गोरखा अस्पतालका स्वास्थ्यकर्मी कृष्ण ढकाल बताउँछन्। उनी भन्छन्, ‘औषधि सेवनले एचआईभी तथा अन्य यौनरोग सर्नबाट रोक्न सक्दैन, बाँझोपनको समस्या पनि आउन सक्छ।’ औषधि कन्डमभन्दा महँगो हुन्छ।

अनिच्छापूर्वक यौनसम्पर्क भएमा गर्भ बस्न नदिन खाने भनिएका औषधि परिवार नियोजनको साधनका रूपमा प्रयोग गरिनु अनुपयुक्त भएको औषधि व्यवसायी जोशी बताउँछन्। उनले भने, ‘गर्भ रोक्न औषधि सेवन गर्दा एचआईभी तथा यौनरोगको जोखिम त बढ्छ, जीवनभर बाँझोपन हुने सम्भावना पनि बढ्छ।’ यो जोखिम घटाउन टोलटोलमा प्रजनन शिक्षा दिनुपर्ने एचआईभीको क्षेत्रमा काम गर्ने अमीर बन्जरा बताउँछन्।

‘यस्ता औषधि किराना पसलमा पनि बेच्ने अनुमति छ’, औषधि व्यवसायी संगमबाबु श्रेष्ठ भन्छन्, ‘प्रेस्क्रिप्सन चाहिँदैन, दुई मात्रा खाएपछि औषधि हेरीहेरी ७२ घन्टा, ९० घन्टा, एक सय २० घन्टा सम्मको गर्भ रहँदैन। मात्रा नमिलाई खाँदा हुने साइडइफेक्टबारे उनीहरूलाई ज्ञान छैन।’ अन्नपूर्णपोष्ट


  •  
  •  
  •