आत्मदाह गर्ने फूटपाथ व्यवसायीहरुको चेतावनी

316
  •  
  •  
  •  

काठमाडौं, २५ भदौ (ओएनएस) : संयूक्त स्वरोजगार व्यापार व्यवसायी समाजले दशैं, तिहार र छठ पर्वका लागि तत्काल यथास्थानमा आफूहरुलाई व्यापार व्यवसाय गर्न नदिए आत्मदाह गर्ने चेतावनी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले आगामी भदौै २६ गतेसम्म पनि यथास्थानमा व्यापार व्यवसाय गर्न नदिए बाध्य भएर आत्मदाह गर्ने चेतावनी दिएको हो । उनीहरुले आफूहरु जस्तोसुकै कडा आन्दोलनमा उत्रने समेत प्रष्ट पारेका छन् ।

समाजले स्वरोजगार व्यवसायीहरुलाई कानुनको छुट्टै व्यवस्था गर्नुपर्ने, सम्पूर्ण व्यवसायीहरुलाई परिचयपत्र लागु गरिनुपर्ने, उचित वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्ने लगायतका ११ बुँदे माग अघि सारेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष सुजन गिरीले सरकारले पटक–पटक आफूहरुलाई वार्ताको लागि बोलाएर खाली झूटा आश्वासन मात्रै दिएको तर कार्यन्वयन नगरेको भन्दै उचित विकल्पको लागि सरकारसँग माग गरेका छन् ।

त्यस्तै समाजका संरक्षक प्रकाश बस्नेतले सरकारले विगतमा आफूहरुसंग विगतमा गरेका सवै सहमती तथा सम्झौता तत्काल कार्यन्वयन गर्नुपर्ने माँग राखेका छन् । बस्नेतले आगामी भदौ २६ गतेसम्म पनि आफ्ना माँगप्रति सरकार जिम्मेवार नभए सम्पूर्ण व्यवसायीहरु यथास्थानबाट व्यापार व्यवसाय सञ्चालन गर्न बाध्य हुने बताएका छन् ।


  •  
  •  
  •