अन्तरविद्यालय फुटसल प्रतियोगिता शनिबारदेखि

193
  •  
  •  
  •  

fotlsa
काठमाडौ, २१ भदौ (ओएनएस) : तेस्रो अन्तरविद्यालय फुटसल प्रतियोगिता शनिबारदेखि मण्डिखाटारमा हुने भएको छ ।

ग्रासरुट फुटबल एकेडेमी (जीएफए) को आयोजनामा हुने प्रतियोगितामा ब्वाइजतर्फ यु–१० र यु–१३ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा यु–१० मा १० तथा यु–१३ मा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने जीएफएका निर्देशक राजु श्रेष्ठले जानकारी दिए । यु–१० मा संस्कृति इन्टरनेसनल स्कुल र यु–१३ मा जेम्स साविक विजेता हुन् ।


  •  
  •  
  •