ब्राजिल हारेको पिडामा यूवतीद्धारा आत्महत्या

154
  •  
  •  
  •  

काठमाडौं, २५ असार (ओएनएस) – विश्वकपम फुटबल अन्तर्गत बुधबार विहान भएको खेलमा ब्रजिल जर्मनीसँग पराजित भएपछि सुनसरी भरौलकी एक किशोरीले आत्महत्या गरेकी छन् ।

 ब्राजिकको खुलेर समर्थन गर्ने १५ वर्षीया किशोरी प्रज्ञा थापाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनलाई हारले सबैका अगाडि लज्जा महशुस गर्नुपरेको  झोकमा उनले आत्मविश्वास गुमाएको हुनसक्ने साथिभाइको तर्क छ । ब्राजिलको समर्थन गर्दै आएकी प्रज्ञाले ब्राजिलले जर्मनीसँग लज्जास्पद हार व्यहोरेपछि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरद थापाले जानकारी दिए ।

जर्मनीसँग ब्राजिल हारेपछि निकै हतास देखिएकी प्रज्ञा अरुले जिस्क्याएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । गाउँमा गएर रातिको खेलको विषयमा कुरा गर्दै सबैले उनलाई जिस्क्याएपछि पढ्न भनेर कोठामा छिरेको त्यहीँ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •