कलाकार र नेताहरू एउटै फुटबलको पछाडि

113
  •  
  •  
  •  

politician and actorsकाठमाडौ, २३ जेठ(ओएनएस) : नेपाली कलाकार तथा नेताहरू भूकम्प पीडितका लागि सहयोग जुटाउन मैदानमा भिडेका छन् । सहयोग जुटाउनका लागि जर्सी लगाएर शनिबार दिँउसो सशस्त्र प्रहरी बल, हल्चोकको मैदानमा कलाकार र नेताहरू फुटबलसँगै दौडिएका छन् ।

उक्त खेलमा राजनीतिक दलका नेताहरू कलाकारको टोलीसँग ३-० ले पराजित भएका छन् ।  कलाकारहरूको टोलीले खेल जीतेपनि खेलमा राजनीतिक दलका नेताहरूबीच खेल अवधीभर एकता देखिएको थियो । उनीहरू फूटबल खेलमा भने एकले अर्कोलाई सहयोग गर्दै मिल्दै खेलिरहेका थिए । यसले के सन्देश दिएको छ भने नेताहरू एकसाथ मिलेर अगाडि बढ्न सक्छन् ।

हरियो जर्सीमा नेताहरूको टोली मैदानमा थियो भने टोलीको कप्तानी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता सुशील कोइरालाले गरेका थिए । टोलीमा प्रधानमन्त्री लगाएत नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू रहेका थिए । राजनीतिक दलका तर्फबाट महिलाको प्रतिनिधित्व गर्दै उपसभामुख ओनसरी घर्ती, नेत्री पम्फा भुसाल र हिसिला यमी तथा कलाकारका तर्फबाट महिलाको प्रतिनिधित्व गर्दै करिष्मा मानन्धर र दीपाश्री निरौला मैदानमा उत्रिएका थिए ।

यस्तै, रातो जर्सीमा कलाकारहरूको टोली मैदानमा उत्रिएको थियो भने टोलीको कप्तानी मह जोडीले गरेको थियो । उक्त नेपाली रजतपटका चर्चित कलाकारको सहभागिता रहेको थियो ।

‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिकको आयोजनामा उक्त खेल सुरु हुनुअघि भूकम्पमा परी ज्यान गुमाएकाप्रति मौन धारणा गरिएको थियो । रेफ्रीलार्इ बल प्रदान गर्दै राष्ट्रपति रामवरण यादवले मैत्रीपूर्ण खेलको उद्घाटन गरेका थिए ।


  •  
  •  
  •