विश्वकप फुटबलमा ब्राजिल र जर्मनीको भिडन्त आज

271
  •  
  •  
  •  

 

काठमाडौं २४ असार (ओएनएस) : ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइलमा खेल हुँदैछन् । आज राती हुने सेमिफाईनलमा ब्राजिल र जर्मनी भिड्ने छन् र भोलि बिहान हुने सेमिफाईनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सको सामना गर्ने छ । ब्राजिल, जर्मनी, अर्जेन्टिना र नेदरल्याण्ड्स अन्तिम चारमा पुगेका छन् । आज राति हुने भिडन्त दुई कडा राष्ट्रबीचको युद्ध हो, जहाँ ब्राजिल आफ्नै घरमा विश्वकप जित्ने वर्षौंपछि पाएको बल्लबल्लको मौकालाई पूर्णता दिन चाहन्छ, त्यहीं जर्मनी १९९० पछिका उपाधिहीन यात्रा तोड्न चाहन्छ, त्योभन्दा बढी उनीहरू फेरि तेस्रो स्थानको लागि खेलेर सजाय पाउन चाहँदैनन्।

चर्चा नेयमारको

नेयमार छैन। केही समस्या छैन। विश्वकपको ब्राजिल र जर्मनीबीचकौ सेमिफाइनलको मुख्य चर्चा र चासो नेयमारको चोटमा केन्द्रित भएको देखिन्छ। तर ब्राजिलको ध्यान भने आत्मविश्वास बटुल्ने र विश्वकपको उपाधि अभियान साकार पार्नेतिर केन्द्रित भइसकेको छ। नेयमार नहोस् वा थियगो सिल्भाको अनुपस्थिति होइन।

ब्राजिलका लागि नराम्रो समाचार अरू पनि छ। उनीहरू थोमस मुलर, मेसुट ओजिल र रणनीतिकार जोचिम लोको नीति विरुद्ध खेल्नुपर्नेछ।

 


  •  
  •  
  •