एन्फा कपमा आज संकटा र मोरङ भिड्दै

114
  •  
  •  
  •  

काठमाडौं २० भदौ । (ओएनएस) : राजधानीमा जारी एन्फा कप नकआउट फुटबल प्रतियोगितामा आज संकटा क्लब र मोरङ ११ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथरंगाशालमा दिउँसो १ बजे खेल हुने भएको छ । यसअघि हिजो भएको खेलमा अर्मी क्लब विजयी भएको थियो । विभागिय टोली त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई २ –० गोलले पराजित गरेको हो । यस अघिका दुई खेलमा उपाधी दाबेदार मानिएका मनाङ मस्र्याङदी र थ्री स्टार पराजयसंगै प्रतियोगिताबाट बाहिरीसकेको छ । भदौ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेता टोलीले पाँच लाख पाउँदा सेमिफाइनलिस्टले पनि एक लाख प्राप्त गर्नेछन् ।


  •  
  •  
  •