काठमाडौं १७ असार (ओएनएस) : फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति सम्पाँ प्री क्वाटर फाइनल खेलमा क्वाटरफाइनलमा नाइजेरियालाई २ ० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान बनाएको हो । पूर्व विश्व विजेता फ्रान्स चार वर्ष अघि भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । फ्रान्सका पल पोग्बाको प्रहार नाइजेरियाली गोलरक्षकले रोके । दोस्रो हाफमा फ्रान्सका करिम बेन्जिमाको प्रहार भिक्टर मोससले गोललाइनबाट बचाएका थिए भने योहान काबाइको प्रहार बारमा लागेर फर्कियो ।
बिहान भएको खेलमा जर्मनीले अल्जेरिमाथि जीत दर्ता गरेको छ । २–१ को जितसँगै जर्मनी क्वाटर फाइनलमा प्रवेश गरेको भने अल्जेरियामा पराजीत भएको छ । निर्धारित ९० मिनेटमा गोल नभएपछि ३० मिनेट अतिरित्तल समय थप गरिएको थियो । दुइटै टोलीबाट तीर्न गोल अतिरिक्त समयमा भएको थियो । जर्मनी अब सेमिफाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ ।