अस्ट्रेलियामा ए फुटबल लिग पुनः शुरु हुने

237
  •  
  •  
  •  

एजेन्सी । कोरोनाका कारण रोकिएको अस्ट्रेलिया ए फुटबल लिग पुनः शुरु हुने भएको छ । महामारीकै बीचमा १७ जुलाईबाट फुटबल शुरु हुन लागेको हो ।

फुटबल फेडरेशन अफ अस्ट्रेलियाले १७ तारिखदेखि त्यहाँको ए लिग शुरु हुने सोमबार जानकारी दिएको छ । तीन टिम मेलवर्न भिक्ट्री, वेस्टर्न युनाईटेठ र मेलवर्न सिटीको टिम सिड्नीमा रहेको छ ।

१४ दिनको क्वारेन्टि पछि प्रतियोगिता शुरु हुन लागेको हो । कोरोनाका कारण ए लिगमा सिमित दर्शकहरुलाई इन्ट्रि दिइने छ । इन्ट्री पाउने दर्शकको संख्या ४५ सय हुने बताइएको छ ।

अब शुक्रबार पहिलो खेलमा सिड्नी एफसी र वेलिंग्टन फिनिक्सबीच प्रतिस्पर्धा हुने छ ।


  •  
  •  
  •