युरोपियन लिग फुटबल : लिभरपुल फाइनलमा प्रवेश

258
  •  
  •  
  •  

काठमाडौँ, २५ वैशाख (ओएनएस) : लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ।
बुधबार बिहान भएको सेमिफाइनलमा स्पेनिस बार्सिलोनाविरुद्ध ४–० को जित निकाल्दै लिभरपुल फाइनलमा प्रवेश गरेको हो ।

अघिल्लो लेग लिभरपुल बार्सिलोनाको घरमा ३–० ले हारेको थियो। तर, ४—० गोल अन्तरले पुनरागमन गर्दै समग्रमा ४–३ को जितसहित फाइनल प्रवेश गरेको हो ।

यससँगै बार्सिलोना लगातार चौथो वर्ष पनि च्याम्पियन्स लिगबाट आउट भएको छ । सन् २०१५ यता बार्सिलोनाले युरोपको सबैभन्दा ठूलो यो प्रतियोगिता जित्न सकेको छैन ।

चोटका कारण आफ्ना दुई गोल मेसिन खेलाडी मोहमद सालाह र रोवर्ट फर्मिन्होबिनै घरेलु मैदानमा उत्रिएको लिभरपुललाई सनसनीपूर्ण कमब्याक जित दिलाउन डिभोक ओरिगी र जर्जिनियो विज्नाल्डुम नायक बने । उनीहरू दुवैले समान २–२ गोल गरे ।

लिभरपुलले आफ्नो घरमा ४ गोल गर्दा लिओनल मेस्सी र लुइस स्वारेजसहितको टिमलाई १ गोल पनि गर्न दिएन । यतिसम्म कि, लिभरपुलले बार्सिलोनालाई खेल अवधिभर सहज मौका बनाउन पनि दिएन ।


  •  
  •  
  •