युएईमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता

312
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (अाेएनएस): युएईमा अन्तरसमाज मैत्रीपुर्ण फुटवल प्रतियोगिताको उपाधी तमु समाजले जितेको छ। गैरआवासीय नेपाली संघ, युएईद्ले अन्तरसमाज मैत्रीपुर्ण फुटवलकाे अायाेजना गरेकाे हाे।

दुवईस्थित सफा पार्कमा सम्पन्न खेलको फाइनल खेलमा तमु समाजले नवलपरासी समाजलाई शुन्यको विरुद्व एक गोल गर्दै मैत्रीपुर्ण उपाधी जितेको हो । तमुले एक हजार र नवलपरासीले ५ सय दिराम पुरस्कार पाएको थियो ।

एनआरएन, युएईका अध्यक्ष रमेश श्रेष्ठले युएईमा क्रियाशील नेपाली समाजवीच आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध प्रगाढ वनाउने उद्देश्यले फुटवल प्रतियोगिता गरेको वताए । खेलमा १८ वटा समाजले सहभागी जनाएका थिए ।

खेलकुद संयोजक नविन पौडेलको संयोजकत्वमा सम्पन्न खेलको वेस्ट प्रेसिडेन्ट प्लेयर अवार्ड फर्सी समुहका अध्यक्ष सूर्य गिरीले पाए । म्यान अफ द म्याच फर्सीकै सुरज प्रधान घोषित भए । खेलमा सवैभन्दा बढी ६ गोल गरेका तमुका अरुण गुरुङले उच्च स्कोररको उपाधि पाए ।


  •  
  •  
  •