एथ्लेटिको म्याड्रिड युरोपा लिगको क्वार्टरफाइलनमा प्रवेश

273
  •  
  •  
  •  

चैत २– स्पेनीस क्लब एथ्लेटिको मड्रिड युरोपा लिगको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

विहीबार राति रसियन क्लब लोकोमोटिव मस्कोको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा ५–१ ले र समग्रमा ८–१ गोल अन्तरले हराउँदै एथ्लेटिको म्याड्रिड अन्तिम आठमा प्रवेश गरेको हो।

एथ्लेटिकोको जितमा फर्नान्डो टोरेसले दुई गोल गरे भने एञ्जल मार्टिन, सिउल र एन्टोनी ग्रिजमनले एक एक गोल गरेका थिए।

खेलको १६ औं मिनेटमा नै एञ्जल मार्टिनको गोलमा एथ्लेटिकोले अग्रता बनाएको थियो। तर २० औं मिनेटमा मस्कोले गोल गर्दै घरेलु टोलीलाई बराबरिमा ल्याएका थिए। पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको ४७ औं मिनेटमा सिउलले गोल गर्दै एथ्लेटिकोलाई पुनः अग्रता दिलाए थिए।

त्यसपछि ६५ औं र ७० औं मिनेटमा टोरेसले गोल गर्दै टिमलाई चार एकको अग्रता दिलाएका थिए भने ८५ औं मिनेटमा एन्टोनी ग्रिजमनले गोल गर्दै एथ्लेटिकोलाई ५–१ को जित दिलाए ।


  •  
  •  
  •