फ्रान्सको सानदार जीत, कोस्टारिका अन्तिम १६ मा

298
  •  
  •  
  •  

विश्वकप फुटबलमा बलियो मानिएको फ्रान्सले सानदार जीत निकालेको छ । शनिबार बिहान सकिएको खेलमा स्विट्जरल्याण्डविरुद्ध प्रान्सले ५ गोल गरेको छ। फ्रान्सले स्विट्जरल्याण्डलाई ५-२ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ । ब्राजिल विश्वकपको आफ्नो पहिलो खेलमा फ्रान्सले होन्डुरसलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

Brazil Soccer WCup Italy Costa Ricaत्यस्तै गएरातीको खेलमा कोस्टारिका विजयी भएको छ । कोस्टारिका समूह ‘डी’ बाट दोस्रो चरण पुग्ने पहिलो टिम भएको छ । इटालीलाई १-० ले पराजित गर्दै कोस्टारिका अर्को  कोस्टारिका विश्वकपका तीन पूर्व विजेताको समूहबाट अन्तिम १६ मा पुगेको छ । अन्तिम समयसम्म इटालीले कुनै गोल गर्न नसकेपछि कोस्टारिका विजयी भएको हो।यसअघि कोस्टारिकाले उरुग्वेलाई पराजित गरेको थियो।


  •  
  •  
  •