म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

226
  •  
  •  
  •  

फागुन ३० – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ।

मंगलबार राति अन्तिम १६ अन्तर्गत दोस्रो लिगको खेलमा स्पेनिस क्लब सेभिलसँग २–१ ले पराजित भएसँगै युनाइटेग च्याम्पियन्स लिग प्रतियोगिताबाटै बाहिरिएको हो।

आफ्नै घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरि सकिएको थियो। खेलको ७४औँ र ७८औँ मिनेटमा विसाम बेन याडरले गोल गरे पछि घरेलु टोली २–० ले पछि परेको थियो। यस्तै ८४औँ मिनेटमा लुकाकुले गोल गरेपछि युनाइटेड खेलमा फर्किने संकेत गरेको थियो । तर बाकि समयमा कुनै टिमले गोल गर्न सकेन र युनाइटेड २–१ ले पराजित मात्र भएन च्याम्पियन्स लिगबाटै बाहिरिएको छ भने सेभिल्ला अन्तिम आठमा पुग्न सफल भएको छ। यि दुई टोली पहिलो लेग भने खेल गोलरहित बराबरी खेलेका थिए।


  •  
  •  
  •