रियल म्याड्रिड विजयी, ला लिगामा रोनाल्डोको तिन सय गोल पुरा

288
  •  
  •  
  •  

२० फागुन– स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले गेटाफेलाई पारजित गरेको छ।
शनिबार राति घरेलु मैदान भएको खेलको रियलले गटाफेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा स्टार खेलाडि रोनाल्डोले दुई गोल गर्ने सफल भए भने ग्यारेथ बेलले एक गोल गरेका थिए।

खेलको २४औं मिनेटमा इस्कोको पासमा ग्यारेथ बेलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। यस्तै पहिलो हाफको इन्जुरी समयमा करिम बेन्जेमाको पासमा रोनाल्डोले गोल गरेपछि रियलले अग्रता दोब्बर लिन सफल भएको थियो।

पहिलो हाफ २–० ले सकिएको खेलमा ४७औँ मिनेटमा गेटाफेका रेमीले रातो कार्ड पाएपटि गेटाफे १० खेलाडीमा सिमित रहेको थियो। ६५ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेपछि गटाफे खेलमा फर्कने संकेत गरेको थियो। तर रोनाल्डोले तेसो हुन दिएनन् उनले ७८औँ मिनेटमा गोल गरेपछि रियल ३–१ ले अगाडि बढ्न सफल भयो। खेलमा अन्य गोल हुन सकेन र रियल ३–१ को जित दर्ता गर्न सफल भयो।

रोनाल्डोले दुई गोल गरेसँगै उनको ला लिगामा व्याक्तिगत गोलको संख्या तिन सय गोल भएको छ। यस जितसँगै रियल एक खेल बढि खेलको रियलको ५४ अंक सहित तस्राे स्थानमा रहेको छ भने पहिलो स्थानमा रहेको बार्सिलोनाको ६६ अंक रहेको छ। यस्तै दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको ६१ अंक रहेको छ भने गेटाफे ३६ अंकका साथ १०औँ स्थानमा रहेको छ।


  •  
  •  
  •