काठमाडौं १ असार (एजेन्सी) : विश्वकप फुटबलको गएराती र आज बिहानको खेलमा इटाली, कोस्टारिका र कोलम्बिया विजयी भएका छन् । इटालीले इङल्यान्डलाई, कोस्टारिकाले उरुग्वे र कोलम्बियाले ग्रीसलाई पराजित गरेका छन् ।
आइतबार बिहानको खेलमा कोष्टारिकाले उरुग्वेलाई पराजित गरेको छ । सुखत सुरुवात गर्दै कोष्टारिकाले उरुग्वेलाई ३ १ ले पराजित गरेको हो । दुई पटकको विश्वकप विजेता उरुग्वेलाई पराजित गरेर कोस्टारिकाले अप्रत्यासित जित हासिल गरेको हो । हारसँगै उरुग्वेको समूह चरणको यात्रा कठिन भएको छ । यसअघि भएको खेलमा कोलम्बियाले ग्रिसलार्इ ३ ० गोल अन्तरले पराजित गरेको थियो ।
इटालीले इङल्यान्डलाई २–१ ले पराजित गरेको छ । इटाली चार पटकको विश्वकप विजेता हो । आइतबार विहान भएको खेलमा मारियो बालोटेलीको निर्णायक गोलसँगै इटालीले एरेना अमेजोनियामा चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध सफलता हात पार्यो । समूह ‘सी’को पहिलो खेलमा कोलम्बियाले विश्वकप २०१४ मा तीन शून्यको जित हासिल गरेको छ ।
त्यस्तै गएरातीको खेलमा कोलम्बियाले ग्रीसलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेर उत्कृष्ट प्रदर्शन गरेको कोलम्बियाको यस जितसँगै नकआउट चरण पुग्ने सम्भावना बढेको छ ।