नेदरल्यान्ड्सका भिर्जेल भान डेक बने विश्वकै महँगा डिफेन्डर

161
  •  
  •  
  •  

 १३ पुस (एजेन्सी) – नेदरल्यान्ड्सका डिफेन्डर भिर्जेल भान डेक विश्वका सर्वाधिक महँगा डिफेन्डर बन्न सफल भएका छन् ।

जनवरी ट्रान्सफर विण्डोमा लिभरपुलले उनलाई क्लब भित्र्याउने पक्का भएको छ । भान डेक अर्काे इंग्लिस क्लब साउथह्याम्टनबाट खेल्दै आएका थिए । लिभरपुलले २६ बर्षीय भान डेकलाई ८४.५ मिलियन युरोमा आफ्नो क्लब आवद्ध गर्न लागेको छ ।

विश्वकै सर्वाधिक महँगा डिफेन्डर बन्ने क्रममा भान डेकले म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डेको रेकर्डलाई पछाडि पारेका हुन्। बेन्जामिन गत जुलाईमा मोनाकोबाट ५२ मिलियन पाउन्डमा सिटीमा आबद्ध भएका थिए।

विश्वको सर्वाधिक महँगा डिफेन्डर बनेका डेक विश्वको आठौं महँगा खेलाडी बने।


  •  
  •  
  •