संविधानसभा भवनमा विश्वकप फुटबलको चर्चा

391
  •  
  •  
  •  

 

काठमाडौं ३१ जेठ (ओएनएस) : संसदले औपचारिक पोषाकको व्यबस्था नगरेको भए सायद रंगी विरंगी जर्सिका कारण संविधानसभा भवन ‘रियो दि जेनेरियो’ जस्तै बन्ने थियो । संसद संविधानसभाका बैठकमा सभासद्हरु टिसर्ट लगाएर आउन नपाउने भएका कारण मात्र सभासद्हरुले कुनै देशको जर्सि पहिरिएका छैनन् । संविधानसभा, संसदीय समितिका बैठक, संविधानसभाको बैठक, संसदमा भइरहेको प्रि–बजेट छलफल जस्ता काममा व्यस्त रहनु परेपनि सभासद्हरुले फूटबलको महाउत्सव विश्वकपका लागि सयम निकालेका छन् । संविधानसभाका ५ सय ७५ मध्ये सय भन्दा बढि सभासद् फूटबलका फ्यान छन् ।

सभामुख मेसीका फ्नाय

संविधानसभाका प्रमुख सुवासचन्द्र नेम्वाङ फूटबलका सबैभन्दा ठूला फ्यान । अर्जेन्टिनाका समर्थक नेम्वाङ मेसीका फ्नाय हुन । कतिसम्म भने संविधानसभाको अध्यक्ष निर्वाचित भएको दिन नेम्वाङले राती २ बजे गेम हेरे, त्यो दिन इंङलिस प्रिमियर लिगको गेम थियो । दिनभरको व्यबस्तता बाबजुद सभामुखले फूटबलका लागि समय म्यानेज गरेकै छन् । संविधानसभा अध्यक्ष अर्जेन्टिनाको समर्थक रहेपनि बहुसंख्यक सभासद आर्कै टिमको पक्षमा देखिए ।

10247438_280997088733731_1387824526_n नेपाली काग्रेसका सभासद् रामहरि खतिवडा सन् १९८६ देखी नै ब्राजिलका समर्थक हुन । ‘ब्राजिल जलस्रोतमा विश्वकै धनी राष्ट, हामी दोस्रो राष्ट त्यसैपनि सम्बन्ध छ, खतिवडा भन्छन, ब्राजिल भावनात्मक रुपमा पनि नजिक छ ।’ रोमियो, रोलान्डो, रोनाल्डीनो, रोबार्टो र काका जस्ता खेलाडीका कारण ब्राजिलको समर्थन गरेको उनी बताउछन् । नेकपा एमालेका सभासद् प्रकाश ज्वाला पनि ब्राजिल टिमको फयान हुन । ‘निकै कमजोर राष्ट ब्राजिलले गरेको प्रगती नेपालका लागिपनि अनुकरणीय छ, नेपालका लागि एउठा पाठ पनि हो ।’

कम्युनिष्ट पृष्ठभूमिका सभासद्हरु समाजवादी देशको पक्षमा देखिए । राप्रपा नेपालकी कुन्ती शाही पनि ब्राजिलको समर्थक हुन ।

kunti‘खेल भनेकै ब्राजिलको जस्तै हुनुपर्छ, टिम स्पिरिड मिलेको छ, हेर्दा आनन्द लाग्छ ।’ नेकपा एमालेका सभासद् डा दुमन थापा पनि ब्राजिलको समर्थक रहेछन् । ‘दे आर गुड प्लेअर, फूटबलको इतिहास रचेका देश ब्राजिलको खेल मनपर्छ ।’ काग्रेसकै जगदीश्वर नंसिह केसीपनि ब्राजिलका फ्यान । ‘मेरो छोरो ब्राजिलको कट्ट समर्थक, मलाइ पनि ब्राजिल मन पर्थ थाल्र्यो ।’

नेमकिपाका सभासद प्रेम सुवाल समाजवादी देशको पक्षमा रहेको बताए । ‘झेल बिनाको खेल र तेल बिनाको सेल’ हुदैन भन्छन, समाजवादी देशले जितोस भन्ने चाहाना छ । सडक बजारमा अर्जेन्टिनाका समर्थकको भीड देखिएपनि संविधानसभा भीत्र भेटाउन मुस्किल प¥र्यो ।


  •  
  •  
  •