काठमाडौं २६ चैत ।
बंगबन्धु गोल्डकप च्याम्पियन नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा ६ स्थानमाथि उक्लिएको छ । विहीबार जारी गरिएको नयाँ वरीयतामा नेपाल ८० अंकसहित १ सय ७९ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १ सय ८५ औं स्थानमा थियो । दक्षिण एसियालीमध्ये अफगानिस्तान सबभन्दा माथिल्लो १ सय ४७ स्थानमा छ । बंगबन्धु गोल्डकपको सेमिफाइनलमा नेपालले पराजित गरेको माल्दिभ्स १ सय ६० र साफ च्याम्पियन भारत १ सय ६२ औं स्थानमा छन् । बंगलादेश (१७७) पनि नेपालभन्दा माथि छ ।
विश्वकप/एसियन कप २०१९ छनोटको समूह चरणमा पुगेको भुटान १ सय ८६, श्रीलंका १ सय ८७ र पाकिस्तान १ सय ९० औं स्थनमा छन् । राष्ट्रिय टिमले चार बर्षयता खेलेका खेलको आधारमा फिफा वरीयता निर्धारण गरिन्छ । नेपालले स्वर्णपदक जितेको १२ औं सागको खेल भने यसमा पर्दैन । बंगबन्धुस गोल्डकपमा पनि पूर्ण राष्ट्रिय टिमसँग खेलेका तीन खेल (श्रीलंका, माल्दिभ्स र बंगलादेश) मात्र वरीयता निर्धारिण प्रक्रियामा पर्दछ ।
कान्तिपुरबाट