नेपालले आज अफगानिस्तानको सामना गर्दै

98
  •  
  •  
  •  

काठमाडौं २९ साउन (ओएनएस) : यू १६ तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्नेछ ।

नेपालले अफगानिस्तानलाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । पराजित भए समूहको उपविजता बन्दै नेपाल सेमिफाइनलमा आफनो यात्रा सुनिश्चित गर्नेछ । खेल बङ्गलादेशको सिल्हेटमा शुक्रबार अपराह्न ४ः४५ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो खेल जित्ने लक्ष्य लिएको छ ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो । जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ भने समान एक खेल नै खेलको अफगानिस्तानको पनि समान तीन अङ्क नै छ ।


  •  
  •  
  •