मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजीत

175
  •  
  •  
  •  

काठमाडौं १५ कात्तिक (ओएनएस) : तारको दोहामा गएराति भएको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । शुक्रबार राती भएको खेलमा नेपाल बलियो प्रतिद्धन्द्धी फिलिपिन्ससंग ३-० ले पराजित भएको हो ।
हमाद स्टेडियममा झण्डै १३ हजार नेपाली दर्शक सामु खेलेको नेपालले मध्यान्तरसम्म गोलरहित बराबरी खेले पनि त्यसपछि भने गोल खान पुगेको हो । खेलको ४९ औं मिनेटमा कप्तान सागर थापालाई छक्याउँदै फिलिपिन्सका सिमोनले पहिलो गोल गरे ।
६५ औं मिनेटमा मिडफिल्डर जगजीत श्रेष्ठले फिलिपिनी खेलाडीमाथि हात हाल्न पुगेपछि रातो कार्ड खान पुगे । १० जनामा सीमित नेपाल झन् दबाबमा आयो । निकै चुनौतीका बीच संयमित खेल्दै आए पनि ९० औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै फिलिपिन्सले २ ० को अग्रता लियो ।
इन्जुरी समयको पहिलो मिनेटमा फेरि अर्को गोल थपेसंगै नेपाल ३-० ले पराजित भयो । गत अप्रिलमा दोहामै भएको मैत्रीपूर्ण खेलमा पनि फिलिपिन्स ३ ० ले नै विजयी भएको थियो ।


  •  
  •  
  •