नेपालले आज मलेसियासँग खेल्दै

177
  •  
  •  
  •  

काठमडौं २५ पुस (ओएनएस) : बंगबन्धु गोल्डकप फुटबलमा नेपालले र मलेसियाबीच आज खेल हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा आज मलेसियासँग खेल्न लागेको हो । बंगलादेशमा हिजोदेखि सुरु भएको प्रतियोगितामा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

नेपाल र डिफेन्डिङ च्याम्पियन मलेसियाबिचको खेल शामसुल हुडा रंगशालमा नेपाली समय अनुसार दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । आयोजक बंगलादेशसहित आठ टोलीको सहभागिता रहेको प्रतियोगितमा नेपाल समूह ए मा छ ।

समूह ए मा नेपालसहित मलेसिया, श्रीलंका र आयोजक बंगलादेश छन् । यस्तै समूह बी मा बंगलादेशको २३ वर्ष मुनिको टोली, कम्बोडिया, बहराइन र माल्दिभ्स छन् ।


  •  
  •  
  •