प्रशिक्षणका लागि विमललाई युरोपिएन क्लबको निम्तो

154
  •  
  •  
  •  

काठमाडौं, जेठ (ओएनएस) : युरोपियन फुटबल क्लब एन्डरलेक्टले नेपाली युवा फुटबलर विमल घर्तीमगरलाई एक वर्षसम्म प्रशिक्षणका लागि अनुबन्धन गर्ने भएको छ । बेल्जियमको सो क्लबले यस्तो जनाएको अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । एन्फाको विज्ञप्तीमा भनिएको छ, विमललाई पुनः २६ जुलाई, २०१४ देखि ३१ मे २०१५ सम्म आफ्नो एकेडेमीमा रही प्रशिक्षण गर्न आमन्त्रण गरेको छ ।’

विमलले आफ्नो भिसा भने तीनरतीन महिनामा रिन्यू गर्नु पर्नेछ । त्यसका लागि नेपाल आउने र र्फकने हवाई भाडा क्लबले व्यहोर्ने छ । साथै नेपाली राष्ट्रिय टिमलाई आवश्यक पर्दा महत्वपूर्ण खेलहरुको लागि उपलव्ध गराउने एन्फाले जनाएको छ ।

एन्डरलेक्टमा रहँदा विमलले एकेडेमीमा प्रशिक्षण लिनुका साथै मैत्रिपूर्ण तथा जुलाईमा हुने अन्तराष्ट्रिय युवा प्रतियोगितामा सहभागिता जनाउनेछन् । विमल एन्डरलेक्टमा दुई महिना प्रशिक्षण गरेर जेठ १८ गतेमात्र स्वदेश फर्किर्का थिए । प्रशिक्षणकै क्रममा विमलले एन्डरलेक्टका लागि ‘यू १७ फ्युचर कप’मा गोल समेत गरेका थिए । स्वेदश फर्किएपछि उनले अब युरोपमा खेल्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

विमल २ वर्षअघि एन्फा एकेडेमीबाट छनोट हुँदै काटमाठडौं आएका थिए । १५ वर्षको उमेरमा उनले पाकिस्तानविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका हुन् ।
साफ च्याम्पियन्ससिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि बंगलादेशका प्रशिक्षक रेने कोस्टरले विमललाई युरोपसम्म पुर्‍याएका हुन् ।

यसैबीच नेपाल र एन्डरलेक्टको यू १६ टोलीबीच मैत्रिपूर्ण फुटबल हुने एन्फाले जनाएको छ । आगामी सेप्टेम्बरमा थाइल्याण्डको वैंककमा हुने एएफसी यू १६ च्याम्पियनसिपको तयारीका क्रममा नेपाली टोलीले बेल्जियममा ट्रेनिङ गर्नेछ । एन्डरलेक्टले १५ दिने ट्रेनिङ क्याम्पका लागि आमन्त्रण गरेको र उक्त अवधिमा मैत्रिपूर्ण खेल हुने एन्फाले जानकारी दिएको छ ।


  •  
  •  
  •  

Comments are closed.