फुटबल खेल्दा मुख्यसचिव पौडेल घाइते

58
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ ।  निजामती सेवा दिवसका अवसरमा फुटबल खेल्ने क्रममा सरकारका मुख्यसचिव लीलामणि पौड्याल घाइते भएका छन् । दशरथ रंगशालामा मुख्य सचिव ११ र ट्रेड यूनियन ११ बीच शुक्रबार भएको मैत्रीपुर्ण फुटबलअन्तर्गत पौड्याल भाइते भएका हुन् । उनको देब्रे आँखामा चोट लागेको छ । चोटका कारण उनी आइतबारको निजामती सेवा दिवसको कार्यक्रममा सहभागी हुन सकेनन् ।

खेलमा हाफटाइमपछि मैदान प्रबेश गरेका पौड्याल खेलको अन्त्यतिर घाइते भएका हुन् । सामान्य प्रशासन मन्त्रालयमा सहसचिव सुरेश अधिकारीका अनुसार रफ्तारमा लागेको बलले पौड्यालको आँखामा लागेको थियो ।

‘मुख्य सचिव पौड्यालले हावामा आएको बललाई हेड गरेर गोल गर्न खोज्दा एक्कासी बल उहाँको आँखामा लाग्यो । र उहाँ त्यही ढल्नुभयो ।पौड्याललाई तत्काल त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा लगिएको थियो । उनको आँखामा ब्यान्डेज लगाइएको छ । चिकित्सकले उनलाई केही दिन आराम गर्न भनेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


  •  
  •  
  •