एएफसी प्रेसिडेन्ट्स कपमा मनाङ विजयी

74
  •  
  •  
  •  

काठमाडौं ४ असोज (ओएनएस) : शनिबारदेखि श्रीलंकामा सुरु भएको एएफसी प्रेसिडेन्ट्स कपमा नेपालको लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।

मनाङले श्रीलंकाको श्रीलंका एअरफोर्सलाई २–१ ले हराउँदै जित दर्ता गरेको हो । खेलको पाँच मिनेटमै अग्रता लिएपनि श्रीलंका एअरफोर्समाथी हाबी हुँदै मनाङले लगातार गोल गरेको थियो ।

मनाङलाई बराबरीमा ल्याउन खेलको ३५ औं मिनेटमा शिव श्रेष्ठले गोल गरेका थिए । दोस्रो हाफको ६३ औं मिनेटमा मनाङका लागि अनिल गुरुङले गोल गर्दै जितलाई थप सुश्चित बनाएका थिए । एअरफोर्सले गोल फर्काउन नसकेपछि मनाङले उद्घाटन् खेललाई जितको रुपमा दर्ता गराएको हो ।


  •  
  •  
  •