यू–१६ च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग बराबरी

90
  •  
  •  
  •  

काठमाडौं, २२ भदौ (ओएनएस) : यू–१६ च्याम्पियनसिप फुटबलमा नेपालले उज्वेकिस्तानलाई बराबरीमा रोकेको छ । खेलको अन्तिम समयमा किरण सुनारले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाई नेपालले बराबरीमा रोक्न सफल भएको हो ।

थाईल्याण्डको मुवाङ रंगशालामा आज भएको खेलमा नेपाली टोली सुरुदेखि नै दबावमा परेको थियो । खेलको दोस्रो हाफमा ५३ औं मिनेटमा उज्वेकिस्तानले पाएको पेनाल्टि सदुपयोग गरेपछि नेपाल एक सून्यले पछाडी परेको थियो ।

तर, अन्तिम समयमा गोल गर्दै किरणले नेपालको हार टारेका थिए । यो जितले नेपाली किशोर टोलीलाई सन् २०१५ मा हुने फिफा यू–१७ विश्वकप फूटबलका लागि छनोटको आशा कायमै राखेको छ । छनौट चरणमा दुईवटा पहेलो कार्डका कारण युवा स्ट्राईकर तथा कम्तान विमल घर्तीमगर विनै नेपाली टोली मैदानमा उत्रिएको थियो ।


  •  
  •  
  •