बिषाक्त खानाका कारण डेढ सय बिरामी

286
  •  
  •  
  •  

mahottari_districtमहोत्तरी, १७ चैत (ओएनएस) :  ब्रतबन्धको भोजमा खाएको विषाक्त खानाका कारण बर्दिवास नगरपालिकामा एक सय पचास भन्दा बढी बिरामी परेका छन् ।

बर्दिवास नगरपालिका–१ स्थित अच्युतम पोखरेलको घरमा आईतबार भएको ब्रतबन्धको भोजमा बिषाक्त परिकार खाएका धेरैजना बिरामी परेका हुन् । भोज खाएका निम्तालुमा बान्ता हुने र टाउको दुख्ने, पेट दुख्ने समस्या देखिएको छ । बिरामी हुनेमा बालवालिका देखी प्रौढ सम्म रहेका छन् ।

भोजमा दुषित खाना र अन्य परिकार कुनै प्रकारको बिषाक्त मिसिएको कारण बिरामीहरुमा फुड प्वाईजनिङ भएको बताईएको छ । बिरामी भएकाहरू मध्ये शुभस्वस्तिक हस्पिटलमा ३० जना र जनसेवा हस्पिटलमा १९ जना र केहीको बर्दिवास अस्पतालमा उपचार भईरहेको छ ।

गाँउमा भोज खाएका सबैमा त्यस्तो समस्या देखिएको छ , तर उपचारको लागी भने थोरैको संख्यमा आएकाले बिरामीको संख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो । करीब पाँच सय जनाले भोज आएको बताईएको छ ।

बिरामी सबैलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने धेरै जसोको घरमै उपचार भईरहेको छ । उपचारको लागी आएका बिरामीहरू फुड प्वाईजनिङ भएको र सबैजना खतरामुक्त रहेको शुभस्वस्तिक हस्पिटलले जनाएको छ ।


  •  
  •  
  •