खाना खाने बित्तिकै यस्ता काम नगर्नुस्, नत्र…

285
  •  
  •  
  •  

नियमित दिनचर्या र खान-पानले हाम्रो स्वास्थ्यको अवस्थालाई असर गर्छ । आयुर्वेद विज्ञानका अनुसार हाम्रो शरिरलाई स्वस्थ राख्नका लागि हामीले दैनिक रूपमा खाने खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ । खाना खाने विषय मात्र नभई खाना खानु अघि र खाना खानु पछि गरिने क्रियाकलापका विषयमा समेत सचेत हुनु स्वास्थ्यका लागि फाइदाजनक हुने बताइन्छ ।

खाना खाएपछि गरिने कुनै कामले हाम्रो पाचन प्रक्रियाको गति तिव्र हुन्छ भने कुनै कामले गर्दा पाचन प्रक्रियालाई ढिलो पार्ने काम गर्छ । पाचन प्रक्रियामा ढिलाइ हुँदा हाम्रो स्वास्थ्यलाई बेफाईदा हुन्छ । खाना खाने बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना खाएपछी नगर्नु नै राम्रो हुन्छ ।

ती के-के काम हुन् जुन खाना खाने बित्तिकै गर्नु हुँदैन थाहा पाऔ…

सुत्नेः

प्राय मानिसहरू बेलुकाको खाना खानेबित्तिकै सुत्ने गर्छन् । दिनभरीको थकान र तनावका कारण सकेसम्म चाडो खाना खाएर खानेबित्तिकै सुत्ने मानिसको संख्या निकै धेरै छ । यस्तै, धेरै मानिसलाई खाना खाएपछी अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर, खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खाने बित्तिकै सुत्ने गर्दा तपाईले खाएको खाना पाचन हुन सक्दैन र यसले शरिरमा बिकार पैदा गर्छ । साथै यसले मोटोपनको समस्या समेत ल्याउँछ ।

पेटी खुकुलो बनाउनेः

धेरै खाना खाँदा पेट अटसमटस हुने गर्छ र मानिसहरूले आफूले लगाएको पेटी खुकुलो बनाउँछन् ताकी पेटलाई हलुका होस् । यसरी पेटी खुकुलो बनाउँदा पनि पाचन प्रक्रिया ढिलो हुने गर्छ ।

नहुाउनेः

सही समयमा खानु र नुहाउनुले शरिरलाई निकै फाइदा गर्छ तर, खाना खानेबित्तिकै नुहाउनु फाइदाजनक हुँदैन । खाना खानेबित्तिकै नुहाउँदा पेटमा रक्तसञ्चार तिव्र हुन्छ । पेटमा हुने तिव्र रक्तसञ्चारले पाचन प्रक्रियालाई ढिलो बनाउछ, जसले शरिरलाई बेफाइदा गर्छ ।

फलफूल खानेः

खाना खानेबित्तिकै फलफुल खानाले ग्याष्टिकको समस्या देखिने गर्छ ।

हिड्नेः धेरै मानिसहरू खाना खाएपछि हिड्यो भने खाएको पच्छ भनेर हिड्ने गर्छन् तर, यो कार्य गलत हो । खाना खानेबित्तिकै हिड्ने गर्दा खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन साथै पाचन प्रक्रिया पनि कमजोर हुन्छ ।

– चिया पिउनेः केही मानिसलाई खाना खाएपछी चिया पिउने बानी हुन्छ । तर, यो बानी हटाएको राम्रो हुन्छ। खाना खानेबित्तिकै चिया पिउनु फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै चिया पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले एसिडिटीको समस्या पनि ल्याउँछ ।

– धुम्रपान गर्नेः

खाना खाने बित्तिकै मानिसहरूको धुम्रपान गर्ने गर्छन् । तर, खाना खाएपछी धुम्रपान गर्दा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले क्यान्सरको सम्भावना समेत बढाउने गर्छ।

 


  •  
  •  
  •