एक पटकको अनुगमनले सुध्रिएनन् व्यवसायी

519
  •  
  •  
  •  

Yellow sacks display beans and lentils for sale at a street market in Kathmandu, the largest city in Nepal (700,000 people).काठमाडौं, १८ मंसिर(ओएनएस) : वाणिज्य  तथा आपूर्ती व्यवस्थापन विभागका एक टोलि गत असोज ९ गते अनुगमनका लागि  भक्तपुरको गठ्ठाघर पुगेका थिए ।

विभिन्न व्यवसायीक फर्मको अनुगमन गर्दा ९ ओटामा कैफियत भेटिएपछि सुधार गर्न निदेशर््न दिएर टोलि  फर्किए ।

तर मंसिर १२ गते  ती व्यवसायीक फर्ममा  फलोअप अनुगमन गर्दा पनि कैफियत देखिएको विभागले जानकारी दिएको छ ।
‘अनुगमन गरिएकामध्ये अधिकांशले पहिलो अनुगमनका क्रममा दिइएका निर्देशन  नै पलना गरेका थिएनन्’ विभागका   निर्देशक पुरुषोत्तम सुवेदीले बताए ।

विभागले भक्तपुर गठ्ठाघरका विभिन्न खाद्य किराना तथा जुस गरी ९ वटा पसलमा अनुगमन गरेको थियो ।  ती व्यवसायीक फर्महरुमा व्यवसाय दर्ता, प्यान दर्ता, नापतौल प्रमाणीकरण  नगरेको, लेबल नराखी सामान बेचेको, मूल्यसूची नगराखेकोलगायत कैफियत भेटिएको छ ।

अनुगमनका     क्रममा दिइएको निर्देशन पालना नगर्ने व्यवसायीहलाई १ हप्ताभित्र दिनभित्र विभागमा उपस्थित हुन निर्देश्न दिएको उनले जानकारी दिए ।

यसअघि फलोअपका क्रममा विभागको निर्देशन नमान्ने र व्यवसाय सुधार नगर्ने व्यावसायीको पसल बन्द गर्ने चेतावनीसमेत दिएको थियो । तर यस्तो गल्ती गर्ने व्यवसायीलाई कारबाही हुन सकेको छैन ।

विभागका अनुसार गठ्ठाघरमा रहेको प्रवीन स्टोर र नमुना दूध दही पसल, अनुष्का खाद्यय स्टोरले अनुगमन गर्दा पहिला दिइएका निर्देशनहरु  पालना  गरेका छैनन् । ती व्यवसाय सञ्चालकलाई व्यवसाय दर्ता, प्यान दर्ता, नापतौल प्रमाण्ँीकरण्ँ गर्न, कागज तथा खाद्य अनुज्ञापत्र लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

त्यस्तै  न्यु सीता इन्टरप्राइजेजले प्याकिङ सामानमा लेवल नखुलाई विक्री गरेको छ । ती व्यवसायीलाई पनि काजगातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यता  गैर स्टोर, बडाल स्टोर्स, नेहा जुस, कौस्तुभ खाद्य स्टोरमा पनि उस्तै कैफियत भेटिएको विभागका निर्देशक सुवेदीले जानकारी दिए ।  मूल्यसूची नराखेको, नापतौलको प्रमाणित  नभएको जस्ता कैफियत भेटिएकोे छ । निर्देशन पालना नगर्ने व्यवसायीलाई सुधार गर्न तीन दिनको चेतावनीसहितको समय दिएको अनुगमन निरीक्षक शशिले बताए । पुनः फलोअप अनुगमनमा पनि गल्ती सुधार नगरे पसल बन्द गर्ने उनले जानकारी दिए ।

विभागले चालू आथिर्क बर्षको पहिलो ३ महिनामा ९ सय ८ वटा व्यावसायिक र्फमलाई अनुगमन गरेको थियो । तीमध्ये अधिकांश व्यावसायिक र्फममा कैफियत भेटिएको बताइएको छ ।


  •  
  •  
  •