नेपाल पत्रकार महासंघको वेबसाइट ह्याक

579
  •  
  •  
  •  

fnj nepal site hackedकाठमाडौँ, १५ असोज(ओएनएस) : नेपाल पत्रकार महासंघको वेवसाइट (एफएनजेनेपाल डट ओआरजी) ह्याक भएको छ ।

ह्याकरहरूले पेजमा भारतको झण्डा समेत राखेर भारतीय वेबसाइटहरू ह्याक गरेको पैँचो तिरेको उल्लेख गरेका छन् । उनीहरूले अन्तिममा लेखेका छन्, ‘फिल दी पावर अफ इण्डियन ह्याकर्स’ ।

ह्याकरले नेपालीले सामाजिक सञ्जाल ट्वीटरमा चलाएको #BackOffIndia को ट्रेण्डविरुद्ध आफ्नो शख्ति देखाएको उल्लेख गरेका छन् । उनीहरूले आफूलाई भारतीय ह्याकर भएको दावी गर्दै छ वटा समूहको नाम समेत लेखिएको छ ।

fnj nepal site hacked1ह्याकरले #BackOffIndia सँगै #OP_Nepal समेत प्रयोग गरेका छन् । यो ह्यास ट्याग आफूलाई इथिकल ह्याकर बताउने आदित्य पुरानीले प्रयोग गरेका छन्। उनले आफूलाई इण्डियन ह्याकिङको सिइओ भएको समेत दावी ट्विटरको बायोमा गरेका छन् ।


  •  
  •  
  •