स्वर्गीय पत्रकार बोहराकी श्रीमतीको उपचारार्थ महासंघद्वारा १ लाख ६० हजार सहयोग

127
  •  
  •  
  •  

fnj help 1काठमाडौँ, २३ मंसिर (ओएनएस) : कञ्चनपुरका स्वर्गीय पत्रकार कर्ण बोहोराकी श्रीमती ममता बोहोराको उपचारका लागि नेपाल पत्रकार महासंघले थप १ लाख ६० हजार सहयोग रकम प्रदान गरेको छ ।

काठमाडौंको भेनस अस्पतालमा उपचाररत स्व. बोहोराकी श्रीमती ममता बोहोरालाई बिहीबार महासंघका महासचिव उजिर मगर, सल्लाहकार पोषण केसी, कोषाध्यक्ष सूर्यमणि गौतम केन्द्रीय सदस्यद्वय प्रकाशविक्रम शाह र खगेन्द्र पन्तको उपस्थितिमा १ लाख ६० हजार रकमको चेक हस्तान्तरण गरिएको हो ।

उक्त रकम हाल क्यानडामा रहेका सञ्चारविज्ञ भानुभक्त आचार्यको सक्रियतामा संकलन गरी महासंघलाई प्राप्त भएको थियो ।
महासंघले पत्रकार बोहोराको निधनपछि दुबै मृगौला फेल भई विगत ७ महिनादेखि उपचाररत उनकी श्रीमती ममताको उपचारमा आर्थिक सहयोग जुटाउन देश–विदेशमा ‘आर्थिक संकलन अभियान’ सञ्चालन गरिरहेको छ ।

आर्थिक सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघको नाममा रहेको कमलादीस्थित नेपाल बंगलादेश बैंक लि. को ००१०३६३५२ए खातामा सहयोग जम्मा गर्न सक्ने महासंघले जनाएको छ ।


  •  
  •  
  •