पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

253
  •  
  •  
  •  

govind

काठमाडौं, ६ भदौ (ओएनएस) : नेपाल पत्रकार महासंघको अध्यक्षमा  गोविन्द आचार्य विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी  तीर्थ कोइरालालाई हराउँदै अध्यक्षमा प्यानलसहित विजयी भएका हुन् ।

प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघको संयुक्त प्यानलबाट चुनाव लडेका आचार्यले ७३२ मत प्राप्त गर्दा  प्रेस चौतारीसहितका  संयुक्त प्यानलबाट चुनाव लडेका कोइरालाले ६२७ मत प्राप्त गरे ।

उपाध्यक्ष, महासचिव, सचिव आचार्य प्यानल विजयी भएको छ । उपाध्यक्षमा विपुल पोखरेल, महासचिवमा रमेश विष्ट विजयी भएका छन् ।

उपाध्यक्ष समावेशीमा दिलिप थापामगर, सचिबमा रामप्रसाद दाहाल, सचिब महिलामा लक्ष्मी पुन, सचिब आदीवासी जनजातीमा उदय जिएम, सचिब मधेशमा शीतलप्रसाद महतो, सचिब दलितमा रेमबहादुर विश्वकर्मा, सचिब एशोसिएटमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र बिजयी भएका छन् ।

fnj

fnj..

 


  •  
  •  
  •