पत्रकार महासंघको भर्त्सना

99
  •  
  •  
  •  

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघ खोटाङ शाखाकासचिव उत्तम चौलागाईलाई समाचारको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । महासंघ खोटाङ शाखाका अनुसार चैत्र २३गते प्रभाव न्यूज डटकममा क्वारेन्टिनमा मानिस राख्न कांग्रेस सभापतिको अवरोध’ शीर्षकमासमाचार प्रकाशित भएपछि सभापति श्रेष्ठले सचिव चौलागाईलाई पैसामा बिकेर समाचार लखेको,भेटघाटमा राम्रै चिनजान हुन्छ’ भन्ने जस्ता शब्द प्रयोग गरी धम्क्याएका थिए ।

प्रकाशित समाचारप्रति चित्त नबुझे याकुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति छ । त्यसलाई बेवास्तागर्दै प्रमुख दलका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु आफैंमा निन्दनीयर दुःखद् विषय भएको महासंघले जनाएको छ । महासंघले यो घटनाको भर्त्सना गर्दै पत्रकारलाई स्वतन्त्र एवं निर्वाधरुपमाकाम गर्ने वातावण निर्माण गर्न र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गरेको छ ।

साथै, कोरोना भाइरस ९कोभिड १९० को उच्चसंक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचितगराउने पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउन र सघाउनसम्बन्धित सबैमा आग्रह गर्दछ ।
रमेशविष्ट महासचिव


  •  
  •  
  •