‘ उत्सव बत्ति बाले विद्युत लाइन काट्ने निणर्य फिर्ता लेउ’

159
  •  
  •  
  •  

fncci logoकाठमाडौं ४ कात्तिक (ओएनएस) :  नेपाल उद्योग वाणिज्य महासंघले तिहारमा उत्सव वत्ति बालेमा विद्युत लाइन काट्ने निणर्य फिर्ता लिन आग्रह गरेको छ । ‘जतिसमय बत्ति आउंछ सो समयमा स्वतन्त्र रुपमा विद्युत उपभोग गर्न दिन महासंघ सरकार तथा सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ’संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आम नेपालीहरुको घर तथा कार्यस्थलमा झिलीमिली वत्तिवालेर पूजा गर्नुपर्ने समयमा धम्कीपूर्ण भाषामा उत्सव बत्ति नवाल्न तथा विद्युतीय उपकरणहरु नचलाउन गरेको निर्देशनले आम जनताको भावनामा चोट पुग्न गएको महशासंघले बताएको छ ।


  •  
  •  
  •